धर्म, कर्म र मनोरञ्जनका लागि होटल ग्रीन फरेष्ट

0


गैँडाकोट, २६ माघ । यदी तपाईंलाई सुन्दर वातावरणमा कार्यक्रम, मनोरञ्जन र मन्दिर दर्शन सबै कुरा एकै ठाउँमा चाहिएको छ भने चिन्ता नलिनुस् । नेपालकै सबैभन्दा प्रतिष्ठित मन्दिर मौलाकालिका मन्दिरको फेदीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएपछि कर्म र धर्म दुबै एकै ठाममा हुने भएको छ ।
होटल ग्रीन फरेष्टमा पुग्ने यात्रुका लागि सुविधा सम्पन्न आवासको व्यवस्था छ । यसका साथै मौलाकालिका मन्दिर, लक्ष्मी नृसिंह दिव्यधाम, देवघाट धाम, सौराहा र शाश्वत धाम घुम्नका लागि व्यवस्था समेत मिलाइएको होटल सञ्चालक कमल कंडेलले बताउनुभयो । सुन्दर शान्त वातावरणमा अवस्थित भएका कारण काठमाडाँै, पोखरा, गोर्खा लगायतका क्षेत्रबाट आवास सहितको कार्यक्रम सञ्चालनका लागि आउने गरेको सञ्चालक कंडेलको भनाइ छ ।
आरामदायी बासस्थान, स्वस्थकर खाना होटलको विशेषता हुन् । १ सय ५० भन्दा बढी अट्ने सेमिनार हलको पनि व्यवस्था रहेको कंडेलको दाबी छ । कंडेलका अनुसार साढे ४ सय अट्ने सुविधा सम्पन्न सेमिनार हलहरु निर्माणाधिन अवस्थामा रहेका छन् । शान्त र वातावरणको साथमा पार्किङको पनि सहज व्यवस्था मिलाईएको छ । चौविसै घण्टा खाजा खानाको व्यवस्था मिलाइएको छ । ८० लाख जतिको लगानी रहेको होटलमा अझै डेढ करोडको लगानीका लागि योजनागत रुपमा अघि बढेको अर्का सञ्चालक शरण ढकालले बताउनुभयो ।
नेपालमै थुप्रै सम्भावना रहेको भन्दै दुई युवाले मौलाकालिका फेदीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । होटल सञ्चालनमा आएको छोटो समयमानै मौलाकालिका माताको आशिर्वाद लागेको दुबै होटल सञ्चालकको विश्वास रहेको छ । होटल व्यवसायिक रुपमा सञ्चालनमा रहे पनि यसले सामाजिक उत्तरदायित्वलाई कहिल्यै नभुल्ने होटल सञ्चालकको दाबी रहेको छ ।

Share.

Leave A Reply