द्रोपदी खरेलको १३ औं दिनको पुण्य तिथिमा गैंडाकोट ५ मा श्रद्धाञ्जली सभा सम्पन्न

0


गैडाकोट, ३ चैत्र । सामुदायिक रेडियो विजय एफएम १०१.६ तथा विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सेयर सदस्य ठाकुरप्रसाद खरेलकी ममतामयी माता द्रोपदी खरेलको १३ औं दिनको पुण्य तिथिमा आईतबार गैंडाकोट ५ मा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपीनाथ खरेलले शोकपत्र प्रस्तुत गर्दै दिवंगत आत्माको चिर शान्ति र वैकुण्ठवासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

कार्यक्रममा विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्री, वरिष्ठ संवाददाता तिलक सुवेदी लगायतको उपस्थिती रहेको थियो । यस्तै विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेलले शोक पत्र पेश गर्दै समवेदना प्रकट गर्नुभएको छ । कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमराज सापकोटाको उपस्थिती रहेको थियो ।

यस्तै नेपाली कांग्रेस गैंडाकोट ५ ले आयोजना गरेको शोक सभामा क्षेत्रीय सभापति द्रोण वन सन्यासीले खरेलले पार्टीमा पु¥याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्ला समन्वय समिति उप प्रमुख शारदा विश्वकर्माले आमाको महिमा र खरेलको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाली कांग्रेस गैंडाकोट ५ का वडा सभापति गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति तारापती खरेल, क्षेत्रिय सदस्य ज्ञानप्रसाद खनाल, गैंडाकोट पम्पिङ स्किम खानेपानी संस्थाका अध्यक्ष रामबहादुर खड्का लगायत पार्टीका क्षेत्रिय सदस्य, नगर सदस्य लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो । सो अवसरमा विभिन्न संघ संस्थाले शोक पत्र पेश गरेका थिए । कांग्रेस क्रियाशिल सदस्य खरेलको ८९ वर्षको उमेरमा यहि फागुन २१ गते निधन भएको थियो ।

Share.

Leave A Reply