दैलेखमा यात्रीबस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

0

दैलेख, जेठ ३१ ।


दैलेखको आठबीस नगरपालिका–४ मा एक यात्रीबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १८ जना घाइते भएका छन् । नैनाल भन्ने स्थानबाट बस कर्णाली नदीमा खसेको जनाइएको छ । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना४ख २९९८ नम्बरको यात्रीबस बुधबार दिउँसो ३ बजेतिर कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनास्थलमा उद्धार जारी छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

Share.

Leave A Reply