देशलाई समृद्धितर्फ उन्मुख बनाउन लाग्नुपर्छ – निवर्तमान अध्यक्ष, इन्द्रराज ज्योति पौडेल

इन्द्रराज ज्योति पौडेल, पूर्व अध्यक्ष, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड

सुरुवातमा विजय एफएम १०१.६ को स्थापनाको सोच कसरी आएको थियो ?
खास गरीकन हामी सामाजिक क्षेत्रमा विजय विकास स्रोत केन्द्रका माध्यमबाट धेरै काम गरी सकेका थियौं । समुदायको विकासका लागि समुदायको सर्वाङ्गीण विकासका लागि बृहत् रुपमा विकासको गतिलाई अघि बढाउने प्रयास ग¥यौँ । विजय विकास स्रोत केन्द्रको परियोजना विकू बचत तथा ऋण सहकारी संस्था बचत तथा ऋणको काम गर्ने भनेर हामीले त्यसलाई स्थापना ग¥यौँ । त्यतिले मात्र जनताको जीवनस्तर माथि नउठ्ने रहेछ । साथै सूचना र सञ्चार जनसशक्तीकरणको आधार भनेर जनतालाई सुसूचित सकारात्मक विकास गराई सशक्तीकरणका माध्यमबाट अगाडि बढाउन सकेमात्रै आर्थिक विकास र उनीहरुको सशक्तीकरण सँगसँगै गर्न सक्यौँ भने मात्रै समुदायको दिगो विकास हुनसक्छ । समाजमा परिवर्तन हुनसक्छ भन्ने सोचका साथ सामूहिक रुपमा विजय विकास स्रोत केन्द्रको अगुवाइमा र केही संघसंस्था र व्यक्तिहरुको पहलमा यसलाई सुरुवात गरिएको थियो ।
जसरी हामीले परिकल्पना गरिएको थियौं अहिले सोही दिशामा छ कि छैन ?
जुन किसिमले परिकल्पना गरेका थियौं, हामी बिस्तारै त्यतातर्फ अग्रसर छौं । यात्रा जारी छ पुग्न बाँकी छ । किनभने स्थापनाकालदेखि नै हामीले जुन सोँचका साथ काम गर्याँै तर राजा ज्ञानेन्द्रबाट ‘कु’ भयो । हाम्रोमा तालाबन्दी पनि भयो र विभिन्न किसिमका समस्याहरु हामीमाझ आइपुगे । अहिले देश संघीय संरचनामा गएको अवस्था छ । यसलाई हामी समय, देश, काल र परिवेशअनुसार परिमार्जन गर्दै अगाडि बड्ने क्रममा छौँ । जुन गतिमा बढ्नुपर्ने हो, त्यस गतिमा हामी अल्ली बढ्न नसकेको हो कि र देशको परिस्थिति सबै अल्ली साथ पनि नदिएको हो कि ∕ तर पनि हाम्रा पाइला सकारात्मक दिशातिर उन्मुख छन् ।
समग्रमा हामीले १४ वर्ष बितायौँ, यस यात्रालाई कसरी लिनुभएको छ ?
यी १४ वर्ष एकदम महŒवपूर्ण हुने रहेछ । राम वनबास पनि १४ वर्ष बसेका थिए । पाण्डवहरु पनि १४ वर्ष वनबास र गुप्तबास बसेर गएका थिए । हेर्दाखेरीमा अब मलाई लाग्छ, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था त्यसको पहिलो प्रवर्धकीय काम विजय एफएम १०१.६ भयो । हामीले ध्वनि तरङ्गबाट समुदायलाई सुसूचित गर्ने काम ग¥यौँ । त्यसैबाट विजय खबर पत्रिकाको सुरुवात ग¥यौँ । अब हामीले अर्को टेलिभिजनमा पनि गएर छापाबाट, आवाजबाट र दृश्यबाट पनि समुदायमा एउटै किसिमको सूचना लिएर जान सक्यौँ भने राम्रो हुन्छ । त्यसैले मलाई लाग्छ अब हामी सकारात्मक दिशातिर छौँ । विजय एफएमले जुन ख्याति प्राप्त गर्नुपर्ने हो, सञ्चारको क्षेत्रहरुमा हेर्ने हो भने काठमाडौँ भ्याली बाहिरकै सञ्चार गृहहरुमध्येमा सबैले निष्पक्ष किसिमले सही समाचार दिने किसिमले र सबैले सुन्ने रेडियो विजय एफएम र समाजको आवाज विहीनहरुको आवाज बनेको छ । सबैको साथी बनेको छ र बिकास निर्माणको पहेदारका रुपमा अघि बढेको छ । समग्रमा हामी उपलब्धिमूलक तरिकाले अघि बढेका छौँ र समुदायमा जुन किसिमको छवि स्थापना गर्न पुग्यौँ त्यो चाहिँ विजय एफएमका कर्मचारीहरुको लगनशीलता, मेहनत र इमान्दारिताले यहाँसम्म पुग्न हामी सफल भएका हौं । म यसबेला एफएममा पूर्व र वर्तमानमा कार्यरत रहेका सम्पूर्ण कर्मचारी टिमलाई पनि धन्यवाद दिन चाहन्छु । त्यसपछि यसलाई सञ्चालन गर्न सम्पूर्णको प्रयासले नै यहाँसम्म पुगेका हौं र जनताको मायाले पनि यहाँसम्म आइपुगेका हौं । जनताले जुन हामीलाई माया दिनुभयो त्यसको नै प्रतिफल आज विजय एफएम हो ।
अबको यात्रा कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
अबको यात्रा देश संघीयतामा गएको छ । संरचनागत परिवर्तन भएको छ । अहिले देशका मुद्दाहरुमा पनि फरकपन आएको छ । त्यसैले अब हामी वर्तमान आवश्यकतालाई विश्लेषण गर्दै हामी सशक्तरुपमा देशलाई समृद्धितर्फ अघि बढाउनका निम्ति, लोकतन्त्रलाई संस्थागत गर्नका निम्ति समुदायमा सकारात्मक सन्देश जनतालाई दिन सक्छन् । समाजमा भएका, राज्यले गरेका, निजी क्षेत्रले गरेका, अरु कसैले गरेका पनि नाजायज कामहरु, कुशासनका कुराहरु, अनियमितताका कुराहरुलाई खबरदारीका रुपमा अगाडि बढाउन सक्नुपर्छ । निष्पक्षका साथ साँच्चीकै देशलाई समृद्धितर्फ उन्मुख बनाउन र जनतालाई सकारात्मक सन्देश दिन हाम्रा गतिविधिहरु अगाडि बढनुपर्छ र अब हामी क्षेत्रीय सञ्चार गृहका रुपमा विकसित हुँदै गर्दा अब हामी यस ठाउँबाट उठेर अझ फराकिलो ठाउँमा अगाडि बढ्नुपर्छ ।