देशमै कृषि व्यवसाय गर्नेलाई सरकारले पाँच प्रतिशत ब्याजमै ऋण दिन थाल्यो, ७ करोडसम्म पाइने

0

काठमाडौं चैत २४ ।

सरकारले युवालाई कृषिमा आकर्षित गर्दै विदेश पलायनलाई रोक्न पाँच प्रतिशत ब्याजमै कृषि ऋण दिने भएको छ । व्यवसियक रुपमा तरकारी तथा फलफुल, पशुपन्छि पालन, जडिबुटी, दुग्ध ब्यवासय, माछा पालन, च्याउ खेती, कृषि भण्डारण तथा वधशाला र मासुजन्य व्यवसाय गर्न चाहनेलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराउन थालेको हो । सस्तो ब्याजको ऋण गाउँपालिका र नगरपालिकाका साथै महानगरभित्रका गाउँमा ब्यवसाय गर्नेले पाउने छन्। यो ऋण बैंक तथा वित्तीय संस्थाहरुमार्फत लगानी गरिन्छ। जसमा ब्याज वाहेक अरु कुनै पनि शुल्क लाग्दैन।

व्यवासयिक कृषि गर्नेहरुले यो ऋण वढिमा सात करोड रुपैयाँसम्म पाउँनेछन् । यस्तो ऋणको किस्ता बढिमा तीन तीन महिनाभित्र तिर्नु पर्ने छ । यस्तो कर्जा प्रत्येक बैंकहरुले वढिमा ती अर्ब रुपैयाँसम्म लगानी गर्न पाउँछन्। ऋण लिएपछि सबै भुक्तानी पाँच बर्ष्भित्र गरिसक्नु पर्छ। तर विशेष प्रकृतिको परियोजना भए समय सात बर्ष दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी ऋण दिँदा कृषि तथा पशुपन्छी उत्पादनमा प्रयोग गरिने जमिन धितो लिएर ऋण दिने छन् । कृषि वालीको धितोमा पनि ऋण पाइन्छ। १० लाखसम्मको ऋण भने सामूहिक जमानीमा पनि पाइने छ। धितोले खाम्ने गरि मात्र बैंकहरुले सस्तो ब्याजको ऋण दिन्छन्।सरकारले व्यवसायिक कृषि कर्जामा ब्याज अनुदान दिनका लागि ५० करोड रुपैयाँ छुट्याएको छ। सरकारले यो पैसा राष्ट्र बैंकमा ‘कृषि कर्जा ब्याज अनुदान शोधभर्ना’ नामक खाता खोलेर राखेको छ। अनुदान दिन पैसा नपुगेमा सरकारले पैसा थप्दै जानेछ ।

Share.

Leave A Reply