देशको शान्ति सुरक्षामा नागरिकले पनि चासो लिनुपर्र्नेे : प्रदेश नम्वर ४ का प्रहरी नायव महानिरिक्षक बोहरा

0

नवलपुर, असार १०
देशको शान्ति सुरक्षाको विषयमा प्रहरीले मात्र नभई आम नागरिकले पनि चासो लिनुपर्र्नेे प्रदेश नम्वर ४ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दानसिंह बोहराले बताउनुभएको छ । प्रहरी र आम नागरिकको संयुक्त हातेमालोले मात्र देशमा शान्ति सुरक्षा कायम हुने हुदा आम नागरिकहरुलाई सक्दो सहयोग गर्न आग्रह पनि गर्नुभयो । आईतबार जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपुरको कार्यालयमा आयोजित एक अन्तक्रिया कार्यक्रममा नवलपुर जिल्ला बासिहरुको गुनासोलाई मध्यनजर गदै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख वोहोराले अवको लक्ष्य प्रदेश नम्वर ४ मा लागुऔषध न्युनिकरण ,भष्टचार अन्त्य गर्ने मा जोड दिनुभयो ।


उहांले पुर्वी नवलपरासिको नवलपुर जिल्ला एउटा नयाँ जिल्ला भएकोले पनि यसको सुरक्षामा कडाई गरि अनैतिक गतिविधिहरुलाई हटाई चेकजाच र निरिक्षणमा कडाई गर्नेमा पनि स्पष्ट पार्नुभयो ।
अन्तक्रिया कार्यक्रममा नवलपुर जिल्लाका राजिनितिक दलका प्रतिनिधिहरु ,ब्यवसायी,महिला सञ्जालका प्रतिनिधि ,समाजसेवी ,पत्रकार हरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागि प्रतिनिधिहरुले नवलपुर जिल्लामा ट्राफिकको सख्यामा बृद्धि गर्नुपर्ने ,मुद्धा मामिलाको लागि कानुन मन्त्री नै ल्याउनपर्ने ,लागुऔषध नियन्त्रणका लागि सुरक्षामा कडाई गर्नुपर्ने लगायतका विषयको माग गरेका थिए ।

Share.

Leave A Reply