देवी र रेणुबीचको मतान्तर ७ सय ८४

0

भरतपुर, १४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले अग्रता कायम रहेको छ । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा रेणु दाहालको मतअन्तर भने घट्दै गएको छ ।

भरतपुर महानगरपालिका मत गणना ताजा अपडेट,
वार्ड नम्बर २१ बाट नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारि बिजयी
मेयर मतान्तर ७८४
मेयर
एमाले देवी ज्ञवाली ४०९८०
माओवादी केन्द्र रेणु दाहाल ४०१९६
उपमेयर
पार्वती ४४०७९
दिव्य ३७६८०

वडा अध्यक्ष
रुख १५३८
सुर्य ११२८
हसियाँ हतौडा ३९४

 

भरतपुर महानगरको वडा नम्बर २१ को मतगणना सम्पन्न भइसकेको छ । वडा नं. २१ बाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको छ । २१ वाडमा ३५८८ मत खसेको थियो । अहिले मत अन्तर घटेर ७ सय ८४ मा आइपुगेको छ । एमालेका देवी ज्ञवाली ज्ञवालीको ४० हजार ९ सय ८० र माओवादी केन्द्रकी उम्मेदवार रेणुदाहालको ४० हजार १ सय ९६ मत रहेको छ । वडा नम्बर १८ वडा अध्यक्षसहित तीन सदस्यमा कांग्रेस विजयी भएको छ भने एक सदस्यमा एमालेका उम्मेद्वार विजयी भएका छन् । उपमेयरमा भने कांग्रेसकी पार्वती शाहको जित निश्चित जस्तो भैसकेको छ । अब वडा नम्बर १९, २० को मत गन्न बाँकी छ ।  वडा नम्बर १९ मा २८६० मत छ भने वडा नम्बर २० मा ३३०२ मत छ । यी दुई वडा वडामा काँग्रेसको बर्चस्व छ । अझै १९ वडा काँग्रेसको पकड भएकाले रेणुलाई राम्रै मत झर्ने आशामा गठबन्धन छ

 

 

Share.

Leave A Reply