देवचुली नगरपालीकामा चौध महिना पछि मात्र न्यायीक समिति गठन ( अडियो )

0


गैँडाकोट, १४ अषाढ । देवचुली नगरपालीकामा जनप्रतिनिधी आएको करिब १४ महिना पछि मात्र न्यायीक समिति गठन भएको छ । आन्तरिक तयारी तथा मुद्धाहरु कम मात्रामा आएकाले पनि न्यायीक समिति गठनमा ढिलाई भएको देवचुली नगरपालीकाकी उपप्रमुख पार्बता तिवारीले उल्लेख बताउनुभएको छ । संबिधानले हरेक स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायीक निरुपणका लागि न्यायीक समिति रहने व्यवस्था गरेको छ । त्यसै नियम अनुरुप नै देवचुलीमा पनि उपप्रमुख पार्बता तिवारीको संयोजकत्वमा ३ सदस्यीय न्यायीक समिति गठन गरिएको छ । जसको सदस्यहरुमा भुपराज पाठक, भिमलाल तिवारी रहनुभएको छ । न्यायीक समिति नबने पनि नगरिकका गुनासो, मेलमिलापको प्रक्रियाको काम भने नरोकीएको र सबै मिलेर समाधानको प्रक्रियामा गएके बताउनुभयो । असार १७ गते नगर सभा पछि वडा वडामा मेलमिलाप कर्ताको गठन र न्यायीक समितिको अन्य प्रक्रिया अगाडी बढाईने उपप्रमुख तिवारीले बताउनुभएको छ ।

Share.

Leave A Reply