देवचुली नगरपालिका बालमैत्री नगर घोषणा

0


गैँडाकोट, २९ भदौ । देवचुली नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नेपाल सरकारका मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा बालमैत्री नगरपालिका घोषणा गरिएको हो ।


नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नवलपरासी बर्दघाट सुस्ता पूर्वको नाम अन्ततः नवलपुर नै हुने बताउनुभएको छ । नेपालकै दोस्रो तथा गण्डकी प्रदेशको पहिलो बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा आइपुग्नुभएका मन्त्री ज्ञवालीले अब समृद्धिका लागि अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सांसद सत्यनारायण खनाल, प्रदेश सांसद कृष्ण चन्द्र नेपाली पोखरेल, प्रदेश सांसद ओमकला गौतम, जिल्ला समन्वय समितिका संयोजक चेसराम आले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । देवचुली नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बालमैत्री नगर घोषणा पूर्व भएका विविध कामका विषयमा प्रकाश पार्नुभएको थियो ।

 

Share.

Leave A Reply