देवचुली नगरपालिकामा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

0

कावासोती, २६ माघ

पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको देवचुली नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा आज एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

देवचुली नगरपालिका–१६, रजहरमा ना ४२ प ८०५९ नम्बरको मोटरसाइकलले ठक्कर दि“दा सोही स्थानका ७० वर्षीय ठाकुरसिंह बिसुवा मगरको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।- रासस

Share.

Leave A Reply