देवघाटमा बोलबम मेला, गैँडाकोटका शिवालय मन्दीरमा घुईचो ।

0

गैँडाकोट २ साउन ।
नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको थियो भने आज पहिलो सोमबारको रौनक देवघाट क्षेत्रमा देख्न सकिन्छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् ।


अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले सोमबार विशेष मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो । आजबाट बोलबम मेला लागेको छ । संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन् ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने आजको दिनमा घरघरमा लुतो फाल्ने चलनसमेत छ ।देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ ।नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ । बाटो, खानेपानी, विद्युत्लगायतको पनि व्यवस्थापन भइरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

यसै विच आज श्रावण महिनाको पहिलो सोमबार नवलपरासी चितवन लगायत देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिना भगवान शिबको प्रिय महिना भएकोले यो महिनामा पुर्णरुपमा शाकाहारी भएर ब्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने बिश्वास राखेर पुर्ण निष्ठा र आदरका साथ भगवान शिवको पुजा आरधना गरिन्छ ।

बिवाहित तथा अबिवाहित महिलाहरुले हातमा हरियो पहेँलो चुरा , मेहन्दी र गेरुवा बस्त्र धारण गरेर शिब महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगेर बेलपत्र , जल, दूध, भाङ, धतुरो लगायतका सामाग्रीहरु चढाएर भगवान शिवको पुजा गर्ने गर्दछन । भगवान शिवको पुजाआराधना गर्छन् ।


साउने सोमबारको अवसरमा आज नवलपरासीको गैडाकोटमा रहेका शिवालय मन्दीरहरु कालीका मन्दीर कालीका आश्रम, गोपेश्वर मन्दीर हरिहर मन्दीर, कोटेश्वर मन्दीर त्रिपुरेश्वर मन्द्यीर अमरापुरी, कैलाश आश्रम मुकुन्दपुर कैलाश सन्यास आश्रम दाउन्ने, त्रिवेणीधाम पवित्र धार्मीक क्षेत्र देवघाट धाम चितवनका विभिन्न शिवालय मन्दीर विहानैदेखी भक्तजनको घुईचो लागेको छ ।

सुने जितिन्छ विजय एफएम १०१ दशमलव 6 ले विहानैदेखी विभिन्न शिवालय मन्दीरबाट बिशेषप्रशारण जोडिरहेको छ यो क्रम मध्यान्ह १२ बजेसम्म रहनेछ । साउन महिनाका हरेक सोमबार शिवालय मन्दीरबाट बिशेष प्रशारण जोडीने कार्यक्रम शाखाले जनाएको छ ।

Share.

Leave A Reply