देवघाटधाम प्रवेशद्धारामा ३० फिट अग्लो शिवमूर्ति निर्माण गरिने/हालसम्म ७ लाख २० हजार रकम संकलन

0

गैडाकोट, २४ पौष ।
नेपालको राष्ट्रियधामका रुपमा परिचित देवघाट धाममा ३० फिट अग्लो अष्टधातु शिवमूर्ति निर्माणका लागि थालिएको घरदैलो अभियानमा पौष २३ गते सम्म ७ लाख २० हजार रुपैया नगद संकलन भएको छ ।

यहि पौष ३ गतेदेखि थालीएको घरदैलो अभियान अन्तगर्त सो रकम संकलन भएको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका महासचिव मदन मिश्रले जानकारी दिनुभयो । पर्याप्त मात्रामा धार्मिक पर्यटकहरु भित्राउन लक्ष्य लिई देवघाटधाम प्रवेशद्धारा चितवन तर्फ सो मूर्ति निर्माण गरिने भएको हो ।

घरदैलो अभियानमा प्रयोगमा नआएका पुराना धातु,तामा, पित्तल, ढलोट,सिल्भर का साथै स्वेच्छाले नगद दान गर्न सकिने गरि सो अभियान थालिएको हो । अव पुन माघ ३ गतेबाट घरदैलो अभियान थालिने महासचिव मिश्रको भनाइ छ ।

Share.

Leave A Reply