देवघाटकी बृन्दाको DID लिटिल मास्टर्सका लागि भोट अपिल

0

नेपालमा समेत लोकप्रिय बन्दै आईरहेको चर्चित भारतीय रियालिटी शो “डान्स इण्डिया डान्स लिटिल मास्टर्स” को चौथौँ सिजन मा देवधाटकी बृन्दा दाहाल टप ८ मा पर्न सफल भएकीछिन् । शनिबारको शोमा ट्रायल जोनबाट थप ४ जनाको पुन : आगमन भएपछि यो यो प्रतिष्पर्धा टप १२ को भएको छ । शनिबार पनि बृन्दाले आफनो उत्कृष्ट प्रस्तुती दिएकी थिईन् ।

brindaa

तीनै जना जजहरु मर्जी , सिद्धार्थ र नायिका चित्रगंदाबाट सकरात्मक र उत्साहाजनक प्रतिक्रिया पाईरहेकी बृन्दाले अबको यात्रामा आफुलाई अमुल्य भोट प्रदान गर्न अपिल गरेकीछिन् । निकै संघर्ष गरी अडिसनका लागि हजुरआमासंगै भारत पुगेकी बृन्दा चितवन नजिकै रहेको देवघाटको मात्र नभई चितवन र नेपालकै सान बनिरहेकीछिन् ।

उनलाई प्रतियोगितामा अगाडी बढाउँनको लागि भोट गर्न DIDLM स्पेश BRI टाईप गरी ५७५७५ मा पठाउन सकिन्छ भने वेबसाइटबाट Zee5.com/didlmvote मा गएर भोट गर्न सकिन्छ । साथै इन्स्टाग्राम instagram.com/ZeeTV मा बृन्दाको लागि पनि भोट गर्न सकिन्छ । वैशाख १५ गते राति पौने नौ बजेबाट सुरु भएको भोटिङ्ग अर्को शनिवार राति पौने नौ बजेसम्म रहने प्रतियोगिताको नियम छ ।

बृन्दाको कुशल नृत्य , उनको डान्सलाई लिएर गरिएको संघर्ष र इनोसेन्ट अनुहारको कारण पनि उनले जजहरुको मन जित्न सफल भएकीछिन् । बिषेशगरी आफनो बाबाबाट डान्सका लागि कुनै सहयोग र समर्थन नपाएकी बृन्दा नेपालीहरुको समर्थन र भोट पाउँनेमा ढुक्क छिन् । १० बर्षीय बृन्दाको संघर्षबाट भावुक भएका जजहरुमा मर्जीले उनलाई छोरीको संज्ञा दिएका छन् । यसअघि पनि नेपालबाट तेरियाले डान्स ‘इण्डिया डान्स’ को उपाधी जितेकी थिईन् भने अन्य केहीले राम्रो प्रतिभा पनि देखाए ।

 

 

 

 

 

Share.

Leave A Reply