देउवा र पौडेललाई मिलाउन सके म नै प्रधानमन्त्री ः शशांक कोइराला

0


नवलपुर । नेपाली कांग्रेसका महामन्त्री तथा नवलपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. शशांक कोइरालाले चुनावपछि सरकारको नेतृत्व गर्ने सम्भावना आफ्नो बढी रहेको बताउनुभएको छ । चुनावी अभियानमा दौडधुप गरिरहनुभएका कोइरालाले भन्नुभयो “चुनावपछि सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा ममध्ये जोबाट पनि हुनसक्छ,” यस्तै कोइरालाले भन्नुभयो “देउवा र पौडेललाई मिलाउन सकें भने म नै प्रधानमन्त्री बन्ने सम्भावना ज्यादा छ ।” चुनावी अभियानमा रहनुभएका कोइरालाले चुनावी लहर नेपाली कांग्रेसको पक्षमा आएको दाबी गर्नुभएको छ । चुनावी लहरका कारण यस पटकको निर्वाचनबाट पनि कांग्रेस पहिलो बन्ने दावी गर्नुभएको छ । पार्टीभित्र एकताको सन्देश गएकाले पनि पार्टीका उम्मेदवारहरुले देशैभरि विजय हासिल गर्ने बताएका कोइरालाले चुनावपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो चाहिँ लागिनसकेको कोइरालाले बताउनुभएको छ ।
नवलपुरमा चुनावी अभियानमा व्यस्त नोपली काँग्रेसले सोमबार ६ स्थानमा चुनावी कार्यक्रम गरेको छ । बुलिंगटारको कोटथर, डाडाँझेरी, अर्खला, जौवारी, भारतीपुर, बौदीकालीको डेढगाउँ लगायतका क्षेत्रमा चुनावी कार्यक्रम गरेको हो । प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शंशाक कोईराला, समानुपतिक उम्मेदवार विनोद चौधरी, नवलपुर क्षेत्र नं. १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार महेन्द्रध्वज जिसी र नवलपुर क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णचन्द्र नेपालीले ५ बर्षमा नवलपुरका पहाडी क्षेत्रमा कालोपत्रे सडक पु¥याउने घोषणा गर्नुभएको छ ।

Share.

Leave A Reply