दुर्घटनामा मृत्यु

0

काठमाडौँ, २३ माघ 

मनोहरा नगरपालिका खहरेचोकमा ना ५ ख ८०८४ नम्बरको टिपरले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २० वर्षीय श्याम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते विकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार २३ वर्षीय निशान विकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको छ ।

यसैबीच नागर्जुन नगरपालिका–४ सीतापाइला चोकबाट बा २ ज ६९१ र बा २ ज ६६३ नम्बरको दुई वटा ट्र्याक्सी तोडफोड गरेको अभियोगमा सोही नगरपालिका रामकोट बस्ने धादिङका दिनेश विकलाई आज प्रहरीले पक्राउ गरेको छ । मदिरा पियर ट्र्याक्सी तोडफोड गरी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।–रासस

Share.

Leave A Reply