दुर्घटनामा परि ७ जनाको मृत्यु

0

गैडाकोट, २५ चैत्र । सुनसरी र अर्घाखाँचीमा भएको बस र जिप दुर्घटनमा परि ७ जनाको मृत्यु भएको छ ।

सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो ।

अर्घाखाचीको सन्धिखर्कबाट खिल्जीतर्फ जांदै गरेको लु १ ज १२२९ नम्बरकोे जीप दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । जिप दुर्घटनमा परि १० जना घाइते भएका छन् ।

उता, धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानका लागि छुटेको २ ख २७ १३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बे्रक फेल भई दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ ।

प्रहरीका अनुसार एक महिला र उनको छोरीको नाम खुलेको छैन । धरानमा भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply