दुर्घटनाग्रस्त विमानमा थिए चालक दलका सदस्यसहित ७१ यात्रु

0

२८ फागुन, काठमाडौं ।

युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो ।

आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजर शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।

आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ । तर दुर्घटनाको पूर्ण विवरण भने आएको छैन । घाइतेहरुमध्ये केही सिनामंगलमा रहेकाे केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत भैँसेपाटीमा रहेकाे मेडीसि६ी अस्पतालमा लगिएकाे छ ।

अहिले दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रामबहादुर थापा विमानस्थल पुग्नु भएकाे छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

Share.

Leave A Reply