दुई जिल्ला भएंसंगै काँग्रेस संगठन विस्तारमा

0

गैँडाकोट १६ भदौ ।

नेपाली काँग्रेस नवलपरासीले जिल्ला संघीय संरचनाअनुसार दुई जिल्लामा विभाजन भएपछीको सांगठनीक संरचना विस्तार र सुधारमा ध्यान केन्द्रीत गरेको छ ।

शोकसभामा सहभागी हुन गैँडाकोट आउनुभएका काँग्रेस जिल्ला सभापती बिष्णु लामीछानेले नवलपुर खण्ड र परासी खण्डमा दुई फरक फरक जिल्लाअनुसार नै जिम्मेवारीका साथ पार्टीलाई बलीयो बनाएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शुक्रबार किसान संघका पुर्व केन्द्रीय सदस्य खिमलाल सापकोटाको १३ औ दिनको पुण्य तिथि तथा पार्टीकी सक्रिय कार्यकर्ता तुलीसरा बाचेमगरको पुण्य तिथिमा आयोजीत शोकसभामा आउनुभएका लामीछानेले सक्रिय कार्यकर्ताको अभावलाई पुर्ती गर्न सांगठनीक रुपमा बलीयो बन्न आवश्यक भएको भन्दै कार्यकर्तालाई पार्टीको शाख सुरक्षीत राखिरहन निर्देशन दिनुभएको हो ।

शोकसभामा नेपाली काँग्रेस गैँडाकोट नगर सभापती तारापती खरेल लगायत स्थानीय नेता कार्यकर्ताले मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply