दुई अध्यक्षद्धारा संचालित नेकपा पार्टी ‘प्रा.ली’जस्तै भयो : नेता पाण्डे

0

डोलराज रानाभाट, गैडाकोट, २३ माघ ।

दुई नेताको नेतृत्वमा रहेको नेकपा पार्टी कुनै एक प्राइभेट कम्पनी जस्तै बनेको नेकपाका नेता राजेन्द्र प्रसाद पाण्डेले गुनासो गर्नुभएको छ । नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै नेता पाण्डेले दुई पार्टी एकताको लामो समय हुँदासमम पनि साँगठनीक कार्यलाई मूर्तरुप दिन शीर्ष नेताहरुनै अलमलिदा पार्टी प्राइभेट कम्पनीजस्तै भएको तर्क गर्नुभयो । सांगठनिक कार्यले पूर्णता नपाउँदा विपक्षीदल जनतासमक्ष हावी हुन थालेको उहाँको दावी थियोे ।

आफ्नो पार्टी यतिका समयसम्म कमिटी विहिनताको अवस्था भएको आफ्नो राजनीतिक इतिहासमै पहिलो पटक थाहा पाएको बताउनुभयो । शीर्ष नेताहरु वसेर केहि दिनमै टुंगीने विषयलाई पनि चासो दिएर काम नगर्दा पार्टीको जग निर्माणमै समस्या आउन सक्ने चेतावनी उहाँले दिनुभयो । पार्टीको जग भनेकै स्थानीय तह गाउँपालिका, नगर र जिल्ला कमिटी नै भएको भन्दै त्यसको जग खलवलिन नहुनेमा उहाँको जोड थिया ।

नेता पाण्डेले अहिले प्रतिपक्ष दल काँग्रेसले सरकारप्रति भ्रम सिर्जना गरेको भन्दै त्यसको खण्डन गर्नपनि जिल्ला तहमा अप्ठेरो परेकाले तत्काल साँगठानीक कार्यलाई टुंगो लगाउनुपर्नेमा जोडदिनुभयो । खण्डन गर्नपनि पदीय हैसियत चाहिने भन्दै अहिले त्यो अवस्था नभएकोमा शीर्ष नेतृत्वप्रति उहाँको असन्तुष्टी थियो ।

पार्टी एकीकरणकै समयमा ६०÷४० को भागवण्डाले अहिलेसम्म सवै तहमा पार्टी एकीकरण हुन नसकेको उहाँको ठम्याई छ । साथै उहाँले दुई तिहाईको सरकारलाईनै नमान्ने गरि आन्दोलित प्रतिपक्ष दल काँग्रेसलाई संसद अवरुद्ध नपार्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply