दुइ ट्रक ठोक्दिा च्यापिएर कावासेतीको खरकट्टामा एकको मृत्यु/मृत्यु हुने व्यक्ति दाङका

0


गैडाकोट, ३ चैत ।
पूर्व पश्चिम राजमार्गको कावासोती स्थित खरकट्टा जंगलमा दुइ ट्रक एक आपसमा ठोक्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दाङका १८ बर्षिय अनराम रखाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा दाङकै ३० वर्षका सुदिप राइ र २३ वर्षका विनोद लामा रहेका छन् । घाइतेको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । विग्रीएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तस्बिर ः प्रेम न्यौपाने

Share.

Leave A Reply