दियालो कलेजमा ५ दिने एक्सल सम्वन्धी प्रशिक्षण तालिम सुरु

0

गैडाकोट, ६ चैत्र । आजदेखि दियालो कलेजमा ५ दिने शिक्षक प्रशिक्षण कार्यक्रम    Data analysis using Microsoft Excel   कार्यक्रमको शुरुवात भएको छ । कार्यक्रम वीरेन्द्र क्यापसका क्याम्पस प्रमुख गोविन्द प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।

सो कार्यक्रमको सभापतित्वमा आयोजक क्याम्पस सञ्चालन समितीका अध्यक्ष विष्णु प्रसाद गौतम रहनुभएको थियो । कार्यक्रम दियालो कलेजको आयोजनामा र युनिभर्सिटी ग्राण्ड कमिशन को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो भने तालिममा १० विभिन्न क्याम्पसका ३० जना सहभागीहरुको उपस्थिीती रहेको छ ।

बालकुमारी क्याम्पस प्रमुख र सप्तगण्डकी क्याम्पस प्रमुखहरुले अनुसन्धानको महत्वलाई बुझ्दै दियालो कलेजले सञ्चालन गरेको यस कार्यक्रमको प्रशंशा गर्नुभयो । उक्त कार्यक्रममा डा. बिजयलाल प्रधान र उत्तम न्यौपानेले प्रशिक्षण प्रदान गर्नुभएको छ । औपचारीक कार्यक्रम हरी प्रसाद चालिसेले सञ्चालन गर्नुभएको थियो ।

Share.

Leave A Reply