दिनमा २ पटक नुहाएर साँझ रक्सि पिउने ३५ करोडको राँगो भिडियो

0

भारतको हरियाणाको एउटा राँगो आफ्नो रुचीका कारण सर्बत्र चर्चामा छ । समाजिक सञ्जालमा यो राँगोको फोटो र भिडियो भाइरल भइरहेको छ ।

करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन मदिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई हैरानी वा कुनै आपत्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो मदिरा पिउँन धेरैनै मन पराउँछ र मदिरा पिउँदा उसले एकदमै धेरै सन्तुष्टी पाउँछ ।

आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ भने यसको वजन एक टन भन्दा पनि बढी रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् ।

सुल्तानलाई हरेक दिन बिहान ५ किलोमिटर दौडाएर कसरत गराउने र दिनमा २ पल्ट नुहाइदिने सुल्तानका मालिकले गरेका छन् ।-एजेन्सी

Share.

Leave A Reply