दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदै 

0

गैँडाकोट, ६ असोज । बडादशैंको दोस्रो  दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन गर्दछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ ।

Share.

Leave A Reply