दशैँको मुखमा खसिबोका चोरी हुँदै

0

गैँडाकोट, २० असोज ।  दशैँ खर्चको लागि पालेको खसी गोठदेखि करिब दुईसय मिटर महेन्द्र राजमार्ग छेउमा मृत अवस्थामा भेटिए पछि गैडाकोट 5 का परशुराम दाहाल चिन्तित भएका छन् । उनका अनुसार चोरले खसी लैजाने क्रममा मुख र नाक थुनेको, बाटोसम्म ल्याइ पुर्याउॅदा खसी मरेको थाहा पाएपछि छोडेर त्यसै गएको हुनसक्ने आशंका गरिएको छ। अस्ति राति पनि आफ्नो भाइको साइकिल चोरी भएको उहाँले बताउनुभयो । खसी बेचेर दशैँ मनाउने उहाँको सपना अधुरै रहेको छ । दशैँको मुखमा हुने यस्ता चोरिजन्य घटना न्युनीकरणमा व्यक्ति स्वयं चनाखो हुनुपर्ने भएको छ।

Share.

Leave A Reply