दन्तच्छेदन विधि

0

डा. मतिप्रसाद ढकाल

कामोत्तेजनाका लागि दाँतले बिस्तारै टोक्ने विधिलाई दन्तच्छेदन विधि भनिन्छ । ‘तथा दशनच्छेद्यस्य साम्यवशात् वा’ (कामसूत्र २।४।३) अर्थात् जसरी नखच्छेदन विधि कामवासना बढ्ता भएका व्यक्तिका लागि गरिन्छ त्यसैगरी दन्तच्छेदन विधि पनि प्रबल कामवासनाले युक्त भएका व्यक्तिका लागि नै हो । ‘उत्तरौष्ठमन्तर्मुखं नयनमिति मुक्त्वा चुम्बनवद्दशनरदनस्थानानि’ (पूर्ववत् २।५।१) अर्थात्नखच्छेदनमा बताइएका स्थानहरूमध्ये ओठ, जिब्रो र आँखालाई छाडेर अन्य सबै अङ्गहरूमा दन्तच्छेदन गर्न सकिन्छ ।
दाँत सुन्दर हुनु दाँतका गुणहरूमा निर्भर रहन्छ । त्यसैले सुन्दरताका लागि दाँतहरू एकै किसिमका चमकदार, पान आदि रङ्गहरूद्वारा रङ्गिएका, बीचमा छिद्र नभएका र तीखा हुनुपर्छ । ‘कुण्ठा राज्युद्गता परुषाः विषयाः श्लक्ष्णाः पृथवो विरला इति च दोषाः’ (पूर्ववत्, २।५।३) अर्थात्टुटेका वा भाँच्चिएका, मुखबाट बाहिर निस्किएका, चिल्ला नभएका, एकअर्काको परिमाणमा भिन्न, साना वा पातला, अत्यन्त भद्दा आकारका र बीचमा छिद्र भएका दाँतहरू दोषी मानिन्छन् ।
दन्तच्छेदनका आठ भेद छन्— १. गूढक, २. उच्छूनक, ३. बिन्दु, ४. बिन्दुमाला, ५. प्रबालमणि, ६. मणिमाला, ७. खण्डाभ्रक र ८. वराहचर्वितक । जब पुरुषले आप्mना दाँतद्वारा स्त्रीको तल्लो ओठलाई बिस्तारै दबाउँदा स्त्रीको ओठ रातो हुन्छ तर त्यसमा कुनै चिह्न देखिँदैन भने त्यस्तो दन्तच्छेदनलाई गूढक दन्तच्छेदन भनिन्छ । गूढक दन्तच्छेदन गर्दा संयोगवश दाँत बढ्ता दबिँदा ओठमा केही चिह्न देखिन्छ भने त्यस्तो दन्तच्छेदनलाई उच्छूनक दन्तच्छेदन भनिन्छ । त्यसरी देखिने चिह्न थोप्लाजस्तै हुन्छ भने त्यस्तो दन्तच्छेदनलाई बिन्दु दन्तच्छेदन भनिन्छ । गूढक र बिन्दु दुवै दन्तच्छेदन तल्लो ओठमा गरिन्छ ।

‘उच्छूनकः प्रबालमणिश्च कपोले’ (पूर्ववत्, २।५।८) अर्थात् उच्छूनक र प्रबालमणि दन्तच्छेदन गालामा गरिन्छ । ‘कर्णपूरचुम्बनं नखदशनच्छेद्यमिति सव्यकपोलमण्डनानि’ (पूर्ववत्, २।५।९) अर्थात् कर्णपूर चुम्बन, नखच्छेदन र दन्तच्छेदन बायाँ गालामा नै गर्नुपर्छ । दाँत र ओठहरूको सहाराले एउटै अङ्गलाई बारम्बार दबाइराख्नुलाई प्रबालमणि दन्तच्छेदन भनिन्छ । कानहरूको सुन्दरताका लागि जुन पूmलमाला पहिरिन्छ त्यसलाई कर्णपूर चुम्बनका नामले चिनिन्छ ।

जब दन्तच्छेदनको एउटा पङ्क्ति गालामा बन्दछ भने त्यसलाई मणिमाला दन्तच्छेदन भनिन्छ । जब पुरुषको गर्धन आदि कोमल मांसपिण्ड हुने अङ्गमा दाँत गाड्दा गोलाकार दाग बन्दछ त्यसलाई बिन्दु दन्तच्छेदन भनिन्छ । यसैगरी एकै अङ्गमा त्यस्ता बिन्दुहरू धेरै भएका खण्डमा त्यसलाई बिन्दुमाला दन्तच्छेदन भनिन्छ । यी दुवै बिन्दुमाला र मणिमाला दन्तच्छेदन कोमल मांसपिण्ड भएका गर्धन, काखी र योनिभन्दा माथिल्लो कोमल अङ्गमा गरिन्छ । बिन्दुमाला दन्तच्छेदन विशेषगरी निधारमा र जाँघमा गरिन्छ ।
‘मण्डलमिव विषमकूटकयुत्तंm खण्डाभ्रकं स्तनपृष्ठ एव’ (पूर्ववत्, २।५।१६) अर्थात् स्तनका कोमल मांसपिण्डमा जब पुरुषले दाँत गाड्छ र उसका दाँतले कहीँ धेरै अनि कहीँ थोरै दाँतका खत बन्दछन् त्यसलाई खण्डाभ्रक दन्तच्छेदन भनिन्छ । स्तनका कोमल मांसिपिण्डमा नै जब पुरुषले दाँतद्वारा बिस्तारै टोक्ता दाँतका चिह्नहरू पङ्क्तिबद्धजस्ता देखिन्छन् र तिनको बीच भाग रातो हुन्छ, यस किसिमको चिह्नलाई वराहचर्वितक दन्तच्छेदन भनिन्छ । ‘तदुभयमणि च चण्डवेगयोः’ (पूर्ववत्, २।५।१८) अर्थात् खण्डाभ्रक र वराहचर्वितक दन्तच्छेदन अत्यधिक कामवासना भएका स्त्री र पुरुषले गर्ने भएकाले मन्दवेगी कामवासना भएका स्त्री–पुरुषका लागि यी दुवै दन्तच्छेदन उपयुक्त मानिँदैनन् ।

निधारमा लगाएको चन्दन आदि सुगन्धित टीकामा, कानमा धारण गरिने नीलकमलमा, गलामा पहिरिने पूmलमा, मुखमा राखिने पानमा तथा सुगन्ध मगमगाउने सुकमेल आदिमा प्रेम देखाउनका लागि पुरुषले नङ वा दाँतद्वारा चिह्न बनाउने गर्दछन् । नखच्छेदनजस्तै दन्तच्छेदन पनि सम्भोगलाई सुखदायी बनाउनका लागि प्रयोग गर्ने गरिन्छ । अत्यधिक कामवासना भएका स्त्री–पुरुषका लागि दन्तच्छेदन आवश्यक भएपनि मन्दवेगी कामवासना भएका व्यक्तिले दन्तच्छेदनको विधि अपनाउनु आवश्यक ठानिँदैन ।
(गैंडाकोट–१, विकासचोक, नवलपुर)

Share.

Leave A Reply