थारु संस्कृती गैँडाकोटको गहनाः जनप्रतीनिधी

0

गैँडाकोट २५ भदौ ।

गैँडाकोटमा रहेका थारु समुदायका पर्व संस्कार र संस्कृती यस नगरकै गहना भएको जनप्रतीनिधीहरुले बताएका छन् । शुक्रबार जितिया पर्वको पुर्वसन्ध्यामा थारु कल्याणकारीणी सभा गैँडाकोटले हर्कपुरमा आयोजना गरेको नगरस्तरीय जितिया झाम्टा गित तथा नृत्य प्रतीयोगीतालाई सम्बोधन गर्दै मेयर छत्रराज पौडेलले थारु संस्कृती र विविधताले गैँडाकोटको महत्व झल्काएको बताउनुभयो । उहाँले समृद्ध गैँडाकोट महाअभियान बर्षको थालनी भैसकेको भन्दै यो अभियानलाई सफल बनाउन थारु संस्कृतीको माध्यमबाट पर्यटक भित्राउन सकिने बताउनुभयो ।

 

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख विष्णु कंडेल सापकोटाले थारु संस्कृती गैँडाकोटको गहना भएको बताउनुभयो । उहाँले सबै जातजातीको फुलबारी भएकै कारण सुन्दर गैँडकोट भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै थाकस गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले थारु समुदायको उत्थानका लागी स्थानीय तहले सहयोग गर्नं आग्रह गर्नुभयो । थारु समुदायभित्रको सास्कृतीक विविधताको संरक्षणका लागी समुदाय आफै एक हुनुपर्नेमा उहाँको जोड थियो ।
थारु कल्याणकारीणी सभा गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न समुहहरुले झाम्टा नाच तथा गित प्रस्तुत गरेका थिए ।

प्रतीयोगीतामा गैँडाकोट क्षेत्रका ११ समुहले सहभागीता जनाएका थिए । प्रतीयोगीतामा पुरानो गित तर्फ बेल्डीया थारु आमा समुह प्रथम भएको छ । यस्तै मटिकुरी थारु आमा समुह द्धितिय, हर्कपुर थारु आमा समुह तृतीय भएका छन् । नयाँ नृत्यतर्फ भेँडाबारी आमा समुह प्रथम, मालपुर आमा समुह द्धितिय र मटिकुरी बाल समुह सान्त्वना भएका छन् । नयाँ तर्फ तृतीय छनौट नभएको हो ।

Share.

Leave A Reply