थारु आयोगद्धारा पूर्वी नवलपरासीका थारुहरुको बारेमा अध्ययन सुरु

0


देबचुली,१३ जेठ । थारु आयोगले पुर्बी नवलपरासीमा रहेका थारु जातीको हक हित र संरक्षणका लागि अध्ययन थालेको छ ।
सरकारले हालै गठन गरेको थारु आयोगले पुर्बी नवलपरासीमा थारुहरुको बारेमा सुक्ष्म अध्ययन थालेर अभियान शुरु गरेको थारु आयोगका अध्यक्ष बिण्णुप्रसाद चौधरीले बताउनुभयो ।
थारु समुदायको हक ,हित,संरक्षण,तथा सम्बद्र्धन गर्न आयोगले कस्ता भुमिका खेल्नु पर्छ,थारुका कुन कुन कुरालाई प्राथमिकतामा राखिनु पर्छ ,जस्ता कुरालाई आयोगले समेटेर काम अगाडि बढाएको अध्यक्ष चौधरीले बताउनुभयो ।
गण्डकी प्रदेशको नवलपुर मात्रै प्रदेशको थारु बसोबास गर्ने जिल्लाका रुपमा रहेको छ । यहाँका थारुहरुलाई मुल प्रबाहमा कसरी समेटन सकिन्छ र उनहिरुको राष्टिय पहुँच पुरयाउन कसरी अगाडि बढाउँदा सक्षम हुन्छ भन्ने उद्देशयले थारु आयोगले अधययन शुरु गरेको र छलफल र अन्र्तक्रियाको माध्यमबाट आयोगको धारणा समेत स्पष्ट पारिएको थारु आयोगका अध्यक्ष चौध।रीले बताउनुभयो ।
क्षमता बिकास र समुदायको समग्र सशक्तिकरणका लागि थारु आयोगले थारु जातीलाई समेटेर काम गर्ने र लक्षित बर्गमा थारु आयोगले काम गर्ने आयोगले जनाएको छ ।
आज पुर्बी नवलपरासीको देबचुलीमा आयोजना गरिएको छलफल कार्यक्रममा थारु आयोगका अध्यक्ष चौधरीले थारु को पहिचान र कला संस्कृति र उत्थानका निमित्त आयोगले दु्रत गतिमा काम गर्ने स्पष्ट पार्नुभयो ।उहाँले थारु आयोग लगायतका हालै गठन भएका सबैधानिक आयोगहरुले आफनो आफनो जातीको पहिचान ,धर्म ,संस्कृति र सामाजिक उत्थानका लागि काम गर्ने बताउनुभयो ।
थारु समुदाय संग सम्बद्ध अग्रजहरु सम्मिलित कार्यक्रममा आयोगले थारु बाहुल्यता भएका स्थानमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरि थारु समुदायको अपेक्षा ,आबश्यकता र अबस्था हेरेर आगामी बर्षको कार्यक्रम निर्माण र संचालन गर्ने उद्देश्य लिएको थारु आयोगका अध्यक्ष चौधरीले बताउनुभयो ।कार्यक्रममा पुर्बी नवलपरासीका थारु अगुवाहरुले थारु आयोग गठन भए संगै थारु को उत्थानमा आयोग प्रभाबकारी हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा थारु आयोग का सचिब आन्नदराम रेग्मीले थारु आयोगका बारेमा जानकारी गराउँदै थारु को बृति बिकास का क्षेत्रमा आयोग अघि बढने बताउनुभयो ।पुर्बी नवलपरासीमा थारुको जनसंख्या ३० हजार रहेको जनाइएको छ ।

Share.

Leave A Reply