त्रिशुली दुर्घटना, १९ जनाको मृत्यु, ९ जनाको सनाखत (नामावली सहित)

0


धादिङ, ११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाको मृत्यु भए पनि पहिचान नखुलेको जानकारी दिए ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए बसमा कति यात्रु भन्ने खुलेको छैन । बीच बाटोबाट पनि यात्रुहरु चढेकाले बसमा कति यात्रु थिए भन्ने थाहा हुन नसकेको हो । घाइतेहरुका अनुसार बसमा करीब ५० जनाभन्दा बढी यात्रु थिए ।
प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ । मृत्यु भएका १९ जना मध्ये यो समाचार तयार पार्दासम्म ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकाहरू मध्ये ७ जना सप्तरी जिल्लाका रहेका छन् भने एक जना सिरहा र एक जना र्इ्ण्डियाको बिहारका रहेको प्रहरीले जानकारी दिएको छ ।
हालसम्म सनाखत भएका ९ जना मृतकको नामावली 
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा (सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवन बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी

 

 

 

दुर्घटनाका घाइतेहरुको नामावली
अमन ठाकुर – राजबिराज न पा. – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा . (२
उद्द्ब ठाकुर – – राजबिराज न पा . (२
दिवस कान्त पन्डित – सिराह भगवानपुर (१
दुर्गा नन्द चौधरी – राजबिराज न पा . (९
दुर्गा नन्द यादब – राजबिराज न पा . (९
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार – सप्तरी राजविराज
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

स्रोत अनलाइन खबर

Share.

Leave A Reply