त्रिविका सहायक डिन निलम्बित

0

काठमाडौँ, ८ फागुन । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ ।

आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको रजिस्टार डिल्लीप्रसाद उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई यौन दुव्र्यहार गरेको आरोप प्रहरीले नियन्त्रणमा लिएपछि उहाँलाई त्रिविको जिम्मेवारीबाट हटाइएको हो ।-रासस

Share.

Leave A Reply