त्यस वेला हलो जोत्नेको भात पानी चलेन, जोतेको हेर्नेको समेत भात चलेन

0

गैँडाकोट, ११ श्रावण । आज ६८ औं हलोक्रान्ति दिवस मनाइँदै छ । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं.२००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए । राणा सरकारको तानाशाहीसँगै मौलाएको ब्राह्मणबाद र जातीय भेदभाव अनि हलीप्रथा अन्त्यका सन्देश दिन हलो जोतेर सामाजिक चेतनाको शुरुवात गरिएको थियो । पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले पहिलो पटक हलो जोतेका हुन् ।

 

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न शुरु गरिएको थियो । यसैको सम्झनामा वर्षेनी लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ । दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । त्यतिबेला हलो जोत्ने सबैको निधन भइसकेको छ ।

 

हलो जोतेर जात फालेको भन्दै उनीहरु गाउँबाट निकाला समेत भएका थिए । पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेललगायत २७ जना ब्राह्मणहरुले नेपालमै पहिलो पटक हलो जोतेका थिए । जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि उती बेला दुराडाँडामा हलो क्रान्ति भए पनि अँझैसम्म छुवाछुत प्रथा नहट्दा २००६ साल देखिको अभियान पुरा नभएको पौडेल बताउँछन् । “त्यस वेला हलो जोत्नेको भात पानी चलेन, माइत आएका छोरी चेली घर जान पाएनन्, घर गएकी छोरी माइत आएनन, उमेर पुगेका छोरा छोरीको विवाह रोकियो, जोतेको हेर्नेको समेत भात चलेन”, ” लमजुङको दुराडाँडाका ब्राह्मण समूहले हलो जोतेपछि पुस महिनामा तनहुँ जिल्लामा, २००७ साल बैशाखमा अर्घाखाँची र गोरखामा र २००८ सालमा स्याङ्जामा पनि हलो जोत्ने अभियान चलेको थियो । त्यस पछि जताततै ब्राह्मणहरुले हलो जोत्न थालेका थिए ।

Share.

Leave A Reply