तेलमा परि घाईते बालिकालाई सहयोग ः विजय एफएमको हेल्पलाइनमा सहयोग आउनेक्रम जारी / २ वर्षीय बालिका पौडेलबाट ५ सय सहयोग

0

डोलराज रानाभाट, गैडाकोट ४ माघ ।

तातो तेलमा परि घाईते हुनुभएकी गैडाकोट ३ ढोडेनीकी सिम्रन पौडेलको उपचारका लागि आर्थिक सहयोग आउनेक्रम जारी रहेको छ । कमजोर आर्थिक अवस्था भएका कारण उहाँका परिवारले सहयोगको अपील गरेपछि सामुदायिक रेडियो विजय एफएमले हेल्पलाईन सेवा सुरु गरेको हो ।

गैडाकोट २ मा ठेला व्यवसाय गर्दै आएका कृष्ण पौडेल र विष्णु पौडेलकी छोरी सिम्रनको तातो तेलले अनुहारको पुरै भाग, दुवै हात र छाती जलेको छ । मोमो ग्राहकलाई दिने बेला छोरीले ग्यासको पाइप तान्दा तेल पोखिन गएको थियो । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार चलिरहेको छ । सामाजिक तथा मानवीय कार्य अन्तगर्त एउटा सामुदायिक रेडियोले आफ्नो समुदायमा वस्ने मानिसहरुलको सहयोगका लागि हेल्पलाईन सेवा सुरु गरेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

घटना माघ १ को हो । सहयोग गर्नका लागि विजय एफएमको ०७८–५०१४०४, ५०१४०३ अथवा ९८५५०५१८०२ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

साथै हाल सम्म निम्न व्यक्तिहरुले रकम सहयोग गर्नुभएको छ । न्यू सीता शाई कपडा पसल, नारायणगढ बाट रू १,००० , श्रेष्ठ कस्मेटिक्स पसल, गैँडाकोट ४ ( शिव आयल अगाडि) बाट रु ५००, गैँडाकोट २, सन्देश पौडेल ( हाल अष्ट्रेलिया) बाट रु ५,,०००, काठमाण्डौबाट विक्रम न्यौपानेले रू १,००० सहयोग गर्नुभएको छ ।

त्यस्तै गैंडाकोट १, जगन्नाथ उपाध्यायबाट रू १,०००, पौडेल सेवा समाज गैंडाकोट १ बाट ३,००० ,चेन्नई भारतबाट, सीता न्यूरेले रू १,००५ , गैंडाकोट १, राजिब ढकालज्यूबाट रू १,०००, कावासोती १७ का सिपि गौडेलबाट रू ५००, गैँडाकोट नगरपालिका वाड नं ५ बाट रु ३ हजार ,गैंडाकोट ५ , का नवराज कंडेलबाट रु २ हजार, गैँडाकोट १ बाट २ वर्षिय बालिका अनुश्री पौडेलबाट रु ५००,विजय एफएमकी रुपा पुडासैनीले १ हजार, गैंडाकाेट १ का अनिल कंडेल बाट १ हजार १ सय ११,विजय विकू गैंडाकाेट ६ बाट रू १ हजार ,सम्पूर्ण किताब नारायणगढको तर्फबाट रु. १,५००/ सहयाेग गर्नुभएको म्यानेजर उपाध्ययाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply