तेजाब खन्याउने चितवनमा ट्राफिक प्रहरी खनियाँविरुद्ध ज्यान मुद्दा

0


चितवन, १० बैशाख । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो । श्रेष्ठका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय प्रहरी नायब निरीक्षक खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुभएको हो । जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले खनियालाई आजै म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको बताउनुभयो । तेजाब छर्किएपछि घाइते हुनुभएकी श्रेष्ठको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तथ्यांक कार्यालयले गरेको आर्थिक गणनामा गणकका रुपमा कार्यरत २८ वर्षीया श्रेष्ठको शरीरको कान, आँखा, छाती र खुट्टामा तेजाब परेको छ । अस्पतालमा उपचाररत श्रेष्ठले खनियाले आफूलाई विगत लामो समयदेखि पछ्याउँदै आएको बताउनुभयो । यसअघि पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउने गरेपछि आफू र श्रीमान् मिलेर प्रहरीमा खनियाविरुद्ध उजुरीसमेत दिएको उहाँले बताउनुभयो ।
यसैबिच………..
गृहमन्त्री रामबहादुर थापा बादलले एसिड प्रहारबाट घाईते भएकी चितवनकी कल्पना श्रेष्ठको स्वास्थ्य स्थित बुझ्न भरतपुर अस्पताल पुग्नु भएको छ । सोमबार दिउसोँ जिल्ला ट्राफिक कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले आफ्नो प्रेम अस्वीकार गरेको कारण श्रेष्ठको घर नजिक एसिड प्रहार गरेपछि उनी गम्भीर घाईते भएकी थिईन् । रक्षक नै भक्षकको भएको सर्वत्र विरोध भएपछि गृहमन्त्री रामबाहादुर थापा बादल आज आफै आई घटनाको बारेमा भरतपुर अस्पताला आई बुझनु भएको हो । सो अवसरमा बोल्दै गृहमन्त्री बादलले दोषी प्रहरीलाई कठोर कार्वाही गर्ने बताए । साथै प्रहरी भित्र ठुलै सुधार गर्नुपर्ने बताउदै राष्ट्र सेवकबाटै महिला दिदि बहिनी सुरक्षित नहुनु निकै ठुलो दुखद् पक्ष भएको बताए । प्रहरी सुधारका लागि ठोस कदम चाल्ने गृहमन्त्रीकोे भनाई छ ।

Share.

Leave A Reply