तीन तलाक लाई असंवैधानिक ठहर, सरकारलाई ६ महिनाभित्र कानून बनाउन निर्देशन

0


भारत, ७ भदौ । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको तीन तलाक अर्थात छोडपत्रलाई असंवैधानिक ठहर गरेको छ । पाँच सदस्यीय बेन्चमा तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको चलनलाई असंवैधानिक मान्दै सरकारलाई कानुन बनाउन आग्रह गरेका छन् । सर्वोच्च अदालतले तीन तलाक लाई गैरकानूनी भएको भन्दै तत्काल यसको अन्त्य हुनुपर्ने बताएको छ । इस्लामिक देशमा पनि यस्तो व्यवस्था नभएको भन्दै भारत जस्तो स्वतन्त्र देशमा यसको अन्त्य सम्भव किन नभएको भन्दै अदालतले गम्भीर प्रश्न उठेको बताएको छ । त्यस्तै अदालतले सरकारलाई ६ महिनाभित्र कानून बनाउन निर्देशन दिएको छ । तत्काल कानुन बनाउन लाग्नु पनि मुस्लिम धर्म विरुद्ध भएको सन्देश जाने भन्दै सझदारीका साथ अघि बढ्नुपर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Share.

Leave A Reply