तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्य जोगाउन डाक्टरको आग्रह

0


तिहारको समयमा चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाउन चिकित्सकले आग्रह गरेका छन् । तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ । रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ । अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुपर्ने चिकित्सक गंगाराम सापकोटाले बताउनुभएको छ । सबैभन्दा हानिकारक एनिमल फ्याट अर्थात् घ्यू र बोसो हुन्छ तसर्थ यसबाट बनेका परिकारबाट सचेत हुनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार खानेतेलको गुणस्तर राम्रो नभएमा त्यसमा रहेका रसायनले दीर्घकालीन असर गर्छ । सेलरोटी खाँदा फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नाले स्वास्थ्यमा फाइदा हुने डाक्टर कमल सुवेदीले बताउनुभएको छ । सुवेदीका अनुसार चियामा हट लेमन सबैभन्दा उपयुक्त हुन्छ यसले चिल्लोलाई काट्न सहयोग गर्छ, खाली पेटमा सेलरोटी खाँदा अम्लपित्त अर्थात एसिडिटी बढ्ने भएकोले केही सादा खाना खाएर मात्र सेलरोटी खानुपर्ने हुन्छ । मधुमेह, उच्च रक्तचाप, एसिडिटी आदि भएको व्यक्तिले एकदम थोरै सेलरोटी खानुपर्ने डाक्टर सुवेदीको भनाइ छ ।

Share.

Leave A Reply