‘तारेभीर’असार २ बाट सिनेमा हलमा

0

जेष्ठ २९  ,चितवन |||

नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरै सङ्ख्यामा बन्ने गरेका छन् ।  निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गते शुक्रबार बाट प्रदर्शनमा आउने भएको छ ।

समाजमा घटेका विभिन्न अपराधजन्य  घटनालाई कथामा समेटी  अपराधलाइ निर्मुल पार्न  प्रहरीको दायित्व तथा कर्तव्यलाई चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट  जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा तथा  निर्देशन रहेको छ ।

फिल्ममा  जनक गुरुङको द्वन्द ,राम प्रसाद चौधरीको सम्पादन, युबराज राइको छायांकन रहेको चलचित्रमा बिष्णु चेम्जोङ ,नबिन कार्की ,रेखा फागो,रमेश सिङ ,प्रेम सुब्बा ,डिके देवान ,मन्जु श्रेष्ठ ,रन्जिता राना ,दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय देख्न पाइन्छ   । चलचित्रमा संगीत भने प्रकाश गुरुङ ,सनुप पौडेल ,ब्रबिम शेर्मा र जेपी नेम्बांगको रहेको छ ।

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    Editor : Shreedhar Upadhyay ( 9855063902)
    Co-Editor : Prem Kshetri ( 9855056802)
    Corresspondent : Laxmi Paudel (078-501403)
    Corresspondent : Tilak Subedi (078-501403)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro