तामे करुवाको बदलामा रन्जिताको माया चाहियो रामजी खाडलाइ

0

नबिन S सुबेदी, आषाढ ०२ ,गैडाकोट, |||
चिन काउचा मगर , रोहित मल्ल र अप्सरा क्षेत्रीको संयुक्त प्रस्तुति रहेको मौलिक लोकदोहोरी गीत ” तामे करुवा ” बजारमा आएको छ |

” तामे करुवा बोलको मौलिक गीतमा खेम सेन्चुरी र जानुका तामांगको आवाज रहेको छ | चर्चित सर्जक नेत्र अर्यालको मौलिक शब्दमा सजिएको लोकभाकामा रोहित मल्लको लय रहेको छ भने चिन काउचा मगरले थेगो बनाउनु भएको हो |


मौलिक लोकदोहोरी गीत ” तामे करुवा “बोलको ”लोकभाकामा मोडलको रुपमा सर्जक चर्चित गायक रामजी खाड र चर्चित लोकप्रिय नायिका रन्जिता गुरुङ साथमा रबिन थापा को अभिनय रहेको छ | धेरै जसो नाच्ने खालको लोक दोहोरिगीतमा अभिनय गर्नुभएको रामजी खाडलाइ यस मौलिक गीतमा फरक गेटअप मा देख्न पाइन्छ भने रन्जिता गुरुङको अभिनय पनि उत्तिकै रामो रहेको छ साथमा हसाउने भूमिकामा रबिन थापा रहनु भएको छ |
मौलिक गीतको म्युजीक भिडियो लाइ क्यामरामेन करण चैसिर ले सुन्दर तरिकाले खिच्नु भएको छ भने बिष्णु शर्मा ले सम्पादन गर्नु भएको हो | चर्चित तथा सफल निर्देशक प्रकाश भट्टले निर्देशन गरेको मौलिक लोकभाका लाइ सस्कृति म्युजीक ले बजारमा ल्याएको छ | गीतलाई Music Nepal को Youtube Channel बाट Youtube मा रखिएको छ |
हाम्रो तर्फ बाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    प्रधानसम्पादक : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सहसम्पादक : प्रेम क्षेत्री
    सम्बादाता : लक्ष्मी पौडेल
    : हिमा अर्याल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro