तथ्यांक व्यवस्थापन विश्लेषण तथा प्रयोगसम्बन्धी तालिम सम्पन्न ।

0

गैँडाकोट १४ पुष ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन शाखा टेकु काठमाण्डौँको आयोजनामा तिनदिने तथ्यांक व्यवस्थापन विश्लेषण तथा प्रयोगसम्बन्धी तालिम गैँडाकोटमा सम्पन्न भएको छ ।

गैँडाकोटको फेमीली क्याफेमा सम्पन्न तालीमको समापन गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतोले जिम्मेवारी पुर्ण रुपमा काम गर्न सबैलाई आग्रह गर्नुभयो । तालिममा नवलपरासीका १५ वटै स्थानीय तहका स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मी गरी २५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै कावासोतीका स्वास्थ्य संयोजक विश्वराज कंडेलले आफुहरु तथ्यांकमा आधारीत रहेर काम गर्न अझै पुर्वाधार विकासको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलले नगरपालिकाले गुणस्तरीय स्वास्थ्यका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । तालिममा स्वास्थ्य सेवा विभागका तथ्यांक अधिकृतहरु कृष्णराज पाण्डे, विनोद पौडेल र दिपक दाहालले प्रशिक्षण दिनुभएको हो ।

Share.

Leave A Reply