डीपीएल क्रिकेट लिगको खेलाडी दर्ता प्रक्रिया आजबाट

0

कठमाडौँ, ४ पौष । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको खेलाडी दर्ता प्रक्रिया आजबाट सुरु हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीले खेलाडी दर्ता आजबाट सुरु गर्न लागेको जानकारी दिएको छ । खेलाडीले पुस १० सम्म प्रतियोगिताका लागि आफ्नो दर्ता गर्न पाउनेछन् ।

तेस्रो संस्करणको खेलाडी अक्सन अर्थात् लिलामीको समय पुस १२ गते निर्धारण गरिएको छ । अक्सनबाट छनोट भएका खेलाडी कम्तिमा ३ वर्षका लागि टोलीमा आबद्ध हुनेछन् । प्रत्येक टिमले नयाँ सिजनमा ३ खेलाडीलाई रिलिज गर्नुपर्नेछ । यसपटकको डीपीएल प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

Share.

Leave A Reply