टाँडी बजारको सरसफाई

0

चितवन १८ चैत । रत्ननगरको टाँडी बजारको आज सरसफाई गरिएको छ । यहाँका अगुवा महिलाहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सयुक्त टोलीले टाँडी बजारको सरसफाई गरेका हुन् ।

रत्ननगर नगरपालिकाको अगुवाईमा जनप्रनितिधि,महिला समुह,सहकारी संस्था तथा सरसफाई अभियान्ताहरुको सहभागितामा रत्ननगरको बकुलहर देखि तरकारी मण्डि सम्म सरसफाई गरिएको हो ।

उनीहरुले बजारमा फालेका प्लाष्टिक जन्य तथा विभिन्न प्रकारका फोहोरहरु संकलन गरी नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने ठाउँमा पठाएका थिए ।

Share.

Leave A Reply