टाँडीबाट माडी जाँदै गरेको जन्ती बोकेको बस पल्टियो, १ जनाको मृत्यु

0

गैडाकोट, २६ फागुन । कसराचोकबाट १ किलोमिटर अघि  चितवन राष्टिय निकुञ्ज भित्र जन्ती बोकेको बस पल्टीएको छ । टाँडीबाट माडी तर्फ जन्ति लिएर बस फर्कदै गरेको थियो । ना ७ ख २२८ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका २ चिरौली बस्ने वर्ष २८ का मिथुन महत्तो रहनुभएको छ । दुर्घटनामा परि १० जना घाइते भएको प्रहरीलाई उधृत गर्दै प्रत्यक्षदर्शी हाम्रा संवाददाता प्रेम क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् । अन्य समान्य घाइते भएको बताइएको छ । टाँडीबाट माडीनगरपालीका २ चिरौली तर्फ जन्ति बोकेको बस फर्किएको हो ।

अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रारम्भीक अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जानकारी दिएको छ । घाईहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ

Share.

Leave A Reply