झ्याउरे गीत “भुरुरु उडेको चरी” मायाले गर्दियो मनपरी

0

नबिन S सुबेदी, आषाढ ०८ ,गैडाकोट, |||
दाङ जिल्लाको हापुर भन्ने ठाउमा जन्मिनुभएका रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपालका निवर्तमान अध्यक्ष र लोकदोहोरी गायक ,सर्जक चन्द्र शर्मा को सांगेतिक यात्रा लोकदोहोरी प्रतियोगिता बाट शुरु भएको थियो | एस एल सी दिएपछि पोखरामा भएको अन्तर नगरपालिका स्तरिय लोकदोहोरी प्रतियोगितामा समेत भाग लिनुभएका शर्मा ले बिभिन्न प्रतियोगितामा भाग लिदै पुरस्कार जित्दै अगाडी बढ्दै गर्दा २०५९ सालमा चितवनमा भएको लायन्स कल्बको दोहोरि प्रतियोगितामा प्रथम भएपछी औपचारिक रुपमा प्रतियोगितामा गाउन छोडेर प्रतियोगितामा निर्णायकमा भूमिका निभाउन लाग्नुभएको थियो | लोकदोहोरी गीत संगीतको क्षेत्रमा अगाडी बढिरहदा पछिल्लो समयमा जन्मदिनको अवसर पारेर चन्द्र शर्माको ” भुरुरु उडेको चरी” बोलको झ्याउरे लोकभाका बजारमा आएको छ |

करिब एक बर्ष अगाडी “चम चम चम्कने तारा” बोलको लोकभाका बजारमा आएपछि करिब दुइ महिना अगाडी “सलल बग्यो गण्डकी” , एक महिना अगाडी “छोडदेउ जागिर” र अहिले “भुरुरु उडेको चरी” बोलको झ्याउरे लोकभाका गरि पछिल्लो समयमा गायक शर्माका महिनै पिच्छे लोकगीतहरु आइरहेका छन | ” भुरुरु उडेको चरी” बोलको झ्याउरे लोकभाकामा सर्जक तथा गायक चन्द्र शर्मा र लोकप्रिय तथा सुमधुर स्वोरकी धनि गायिका मुना थापाको आवाज रहेको छ भने लय तथा शब्द चन्द्र शर्माको नै रहेको छ |

गीतको भिडियोलाइ सम्पादन गर्नु भएको छ नबिन घर्ति मगरले भने गीतमा मोडल को रुपमा कसैलाई नराखेपनि गायक गायिका स्वोयम , कोरस डान्सर र गायकको बिभिन्न ठाउमा भएका सांगेतिक कार्यक्रमका झलकहरु देख्न सकिन्छ | मेलोडी फिल्मसको प्रस्तुति रहेको चन्द्र शर्मा को झ्याउरे गीतलाई Chandra Sharma को आफ्नै Youtube Channel बाट Youtube मा रखिएको छ | हाम्रो तर्फ बाट गीतको सफलताको शुभकामना

भिडियो हेर्न तलको Link  Click  गर्नुहोस

https://www.youtube.com/watch?feature=share&v=IHb_mR7W-ck&app=desktop 

 

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    A Station Manager : Shreedhar Upadhyay ( 9855051802)
    News Chief & Programme Chief : Prem Kshetri ( 9855056802)
    Marketing Chief : Rupa Giri ( 9855063802)
    Corresspondent : Tilak Subedi ( 9855063902)
    Reporter : Pabitra Parajuli (078-501403)
    Reporter : Sabita Tiwari (078-501403)
    Accountant : Srijana Regmi (078-501404)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro