जेनिथ युथ क्लवद्वारा राहात वितरण

0

गैंडाकोट चैत्र २३ । बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावित नागरिकका लागि गैंडाकोट नगरपालिका वडा नम्बर १४ अमरापुरीमा रहेको जेनिथ युथ क्लवले सुर्वण गाउँपालिका वडा नम्बर ८ मा राहत वितरण गरेको छ ।

राहत सहितको एक टोलीले ६५ घरधुरीका पिडित परिवारलाई राहत वितरण गरेको क्लबका अध्यक्ष मन्दिप कोईरालाले जानकारी दिनुभयो । प्रत्येक घरधुरीलाई २० किलो चामल, ३ किलो दाल, १ लिटर तेल, १ पोका नुन, ७ सय ग्राम चिउरा लगायत सरसफाईका सामाग्री वितरण गरेका हुन् ।

क्लबले ७९ हजार ६ सय ३० रुपैयाँ सङ्कलन गरि पिडित परिवारलाई वितरण गरिएको जेनिथ युथ क्लबका सचिव युगेश कोईरालाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply