जुफाल विमानस्थल अवरुद्ध

0

डोल्पा, १० माघ 

हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिनुभयो ।

“मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उहाँले भन्नुभयो ।

हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,” सिंहले भन्नुभयो । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । -रासस

Share.

Leave A Reply