जुनलाई हेरी हेरी बसेका विनोदलाइ सपनीमा सम्झनाको यादले झस्कायो

0

नबिन S सुबेदी, जेष्ठ ३१ ,गैडाकोट, |||
गायक तथा मोडल बिनोद भण्डारीको “छाया देखे चिन्छु” को सफलता संगै नया लोकदोहोरी भाका ” जुनलाई हेरी हेरी ” बजारमा आएको छ |

प्रबासमा बसेर पनि कलम चलाई रहने स्रस्ठा नारायण कंडेलको शब्द मा सजिएको कर्णप्रिय लोकभाकामा बिनोद भण्डारी को लय रहेको छ | लोकभाकामा बिनोद भण्डारी र सम्झना भण्डारीको स्वोर रहेको छ | जुनलाई हेरी हेरी बोलको लोकभाकामा नायक मोडलको रुपमा बिनोद भण्डारी स्वोयम र दीपाषा छेत्रीले नायिका को भूमिकामा अभिनय गर्नुभएको छ |

म्युजीक भिडियो लाइ क्यामरामेन सुरेश श्रेष्ठले सुन्दर तरिकाले आफ्नो क्यामरा मा कैद गर्नु भएको हो भने सुजन शाहीले सम्पादन गर्नु भएको हो | चर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको लोकभाका लाइ गोरक्ष म्युजीक ले बजारमा ल्याएको छ |

गायक ,मोडल बिनोद भण्डारीका लोकदोहोरी , दसैं तिहारका गीतहरु गरि धेरै गीत बजारमा आइसकेका छन | चारैतिर हावा चलिरहेछ , हे भगवान , आउछु हावा सरि,छाया देखे चिन्छु जस्ता सफल गीतहरुले भण्डारीलाई सांगेतिक यात्रामा अगाडी बढ्न हौसाएको छ | रोजगारको सिलसिलामा जापानमा बस्दै आएका गायक भण्डारीले जापानमा सुटिंग हुने धेरै म्युजीक भिडियो खेल्नुक़ा साथै निर्देशन समेत गर्नु भएको छ |                                   हाम्रो तर्फ बाट गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    स्टेशन म्यानेजर : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सम्बादाता : प्रेम क्षेत्री
    : लक्ष्मी पौडेल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार प्रमुख : गोविन्द लामिछाने 9847289940
    बरिष्ठ बजार प्रतिनिधि : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro