जिल्ला प्रहरी कार्यालय तनहुँद्धारा फरार प्रतिवादी पक्राउ

0

दमौली, २० माघ 

जिल्ला प्रहरी कार्यालय तनहुँले दुई फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट साविक गेडहीगुढी गाविस घर भई हाल तनहुँको व्यास नगरपालिका–४ बस्ने २३ वर्षीय बाबुलाल धोती भन्ने बाबुलाल शाह र व्यास नगरपालिका–१२ बस्ने विनोद पन्थ रहेका छन् ।

शाहलाई ज्यान मार्ने उद्योगअन्तर्गत र पन्थलाई बहुविवाह मुद्दाअन्तर्गत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । विसं २०७४ भदौ २० गते राति दमौलीस्थित ड्राइभ इन होटलमा वीरेन्द्र गुरुङलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रही बाबुलाल फरार रहेका थिए । विनोदलाई भने तनहुँ जिल्ला अदालतले २०६३ सालमा बहुविवाह मुद्दामा एक वर्षको कैद फैसला गरेको थियो । पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएको छ ।

ट्र्याक्टर नियन्त्रणमा

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित क्याङ्दी घाटमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरिरहेका दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाले ठेक्का लगाएको उक्त घाटमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गरेको भेटिएपछि प्रहरीले ग३त ६९५ र ग१त ५७५६ नं को ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नगरपालिकाका प्रमुख किसान गुरुङ नेतृत्वको टोलीले घाटको अनुगमनका क्रममा मापदण्डविपरीत उत्खनन् गरेको भेटिएपछि ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको नगरपालिकाले जनाएको छ । दोभान घाटमा नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षण ९आइइ० गरेर नदीबाट १०–१५ मिटरसम्म उत्खनन् गर्ने गरी ठेक्का लगाएकामा मापदण्ड मिचेर सामुदायिक वनको डिलतर्फ उत्खनन् गर्दै गर्दा अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । नगरपालिकाले शुक्लागण्डकीस्थित शिवशक्ति ढुङ्गा रोडा क्रसर उद्योगलाई घाटको ठेक्का दिएको थियो ।

नियन्त्रणमा लिइएको ट्र्याक्टरलाई जिल्ला समन्वय समिति तनहुँसँग समन्वय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाउने नगरप्रमुख गुरुङले जानकारी दिनुभयो । मापदण्ड मिचेर सीमारेखाभन्दा बाहिर गएर उत्खनन् गरेको भेटिए ठेक्का प्रक्रिया रद्दसमेत गर्न सकिने बताइएको छ । उहाँले भन्नुभयो, “मापदण्ड मिचेर उत्खनन् प्रक्रिया अगाडि बढाएको पाइए कारवाहीको दायरामा ल्याइनेछ ।”

सोही घाटमा अनुमति नलिइकन ह्युमपाइप राखेको भेटिएको छ । उक्त ह्युमपाइप कसले राख्यो भन्नेमा छानबिन गरी तत्कालै हटाइने उहाँले बताउनुभयो । नगरक्षेत्रभित्रका विभिन्न घाटमा नगरपालिकाले ठेक्का लगाएको छ । नगरपालिकाका अनुसार पूणीटार, हलेदी, तालबँेसी, साँखर, सुरौदी दोभान, किमलडाँडा ९क०, किमलडाँडा ९ख०, कसेरीघाट, दुरदुरे र क्याङ्दी घाटको नगरपालिकाले अनुगमन गरेको छ ।-रासस

Share.

Leave A Reply