जिपीले गरेको काम र देखाएको लचकता अहिले पार्टीमा आवश्यक छ ः संसदिय दलका नेता नेपाली

0


तिलक सुवेदी
चैत ७, गैंडाकोट ।
नेपाली कांग्रेसका पुर्व सभापति एवं नेपाली राजनीतिका एक सच्चा मजदुर स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस गैंडाकोटमा मनाईएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित गणेश मन्दिर परिषरमा विवेचना सहितको कार्यक्रम मनाईएको हो । नेपाली कांगे्रस गैंडाकोट ५ वडा समितिले बिहिबार आयोजना गरेको विवेचनात्मक स्मृति सभामा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले कोईरालाले गरेको काम र देखाएको लचकता अहिले पार्टीमा आवश्यक परेको बताउनुभयो ।

विशिष्ट अतिथि कांग्रेस महासमिति सदस्य मदनभक्त अधिकारी, नेपाली कांगे्रस जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांगे्रस क्षेत्रिय सभापती द्रोणवन सन्यासी, जिल्ला सदस्य कमला तिवारी, महाधिवेशन प्रतिनिधि पुष्पराज पौडेल, नगर सभापती तारापती खरेल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजेश पौडेल, जिपी कोईराला फउण्डेशन नवलपुरका अध्यक्ष झपेन्द्र भुषाल, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ति न्यौपाने लगायतको उपस्थित रहेको थियो ।

नेपाली कांगे्रस गैंडाकोट ५ वडा समितिका सभापती गोविन्द घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव लक्ष्मण कंडेलले गर्नुभएको थियो ।
विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाबाबुको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र आएको थियो । कोइराला क्रान्तिकारी नेता पनि मानिन्नुहुन्छ ।

१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गर्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

Share.

Leave A Reply