जानुका पराजुलीलाई बचाउन चितवनका युवाले संकलन गरे २ लाख २३ हजार

0

चितवन, ९ जेठ ।
क्यान्सर पिडित झापा दमककी २४ बर्षिय जानुका पराजुलीलाई बचाउन चितवनका युवाले अभियान संचालन गरेका छन् । टिम चितवन नामक गु्रप संचालन गरेर मलद्धारको क्यान्सर पिडित पराजुलीलाई बचाउन उनिहरुले सांगितिक कार्यक्रम गरेका हुन् । नेपालमा उपचार सम्भव नभएपछी भारतमा उपचारका लागी लगिएकी पराजुलीको उपचार खर्च अभाव भएपछी चितवनका युवाहरुले अभियान संचालन गरेको जनाएका छन् । सात दिनसम्म चितवनका विभिन्न स्थानमा सांगितिक कार्यक्रम गरेर २ लाख २३ हजार ५ सय ९५ रुपैंया संकलन गरेको अभियानकर्ता सन्दिप पौडेलले जानकारी दिनुभयो । उनले संकलन गरिएको रकम पत्रकार सम्मेलन मार्फत परिवारका सदस्यलाई हस्तानान्तरण गरिने जानकारी दिए ।

Share.

Leave A Reply