जाडो विदा मनाउन आउँदा यस्तो भयो/ चितवनकी १६ वर्षीय चेपाङ बालिका बलात्कृत

0

डोलराज रानाभाट,गैडाकोट ७ माघ ।

चितवनको दुर्गम क्षेत्रमा वसोवास गर्ने एक चेपाङ बालिका बलात्कृत भएकी छिन् । काठमाण्डौको एक परोपकारी छात्रावासमा अध्ययन गर्दै आएकी १६ बर्षीय ति वालिका जाडो विदामा घर आएकी थिईन् । हिजो विहान घरायसी सामान किन्न धादिङको गोठी भन्ज्याङ बजार गएर घर फर्किदा जंगल तथा भीरको बाटोमा मौका छोपी एक युवकले जवरजस्ती गरेको मितेरी फाउण्डेशनका अध्यक्ष एकल सिलवालले जानकारी दिनुभयो ।

१० वर्षीय अर्की बालिका पनि सँगै बजार गएको र उनलाई युवकले टाउको र हातमा हानी लखेटेको र १६ वर्षीय बालिकालाई लखेटेर जवर्जस्ती कब्जामा राखि बलात्कार गरेको उहाँले बताउनुभयो । घाइते अवस्थामा घर पुगेकी १० वर्षीया बालिकाले घटनाबारे बताएपछि खोजतलासमा गएका अभिभावकहरूले बलात्कृत बालिकालाई दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा फेला पारेका थिए ।

उनीहरूले घटनास्थलबाट उद्धार गरिएकी ती बालिका र भागेर घर पुगेकी अर्की घाइते बालिकालाई राति अबेर भण्डारा(मलेखु चेपाङ मार्गसम्म ल्याइपुर्याएपनि इलाका प्रहरी कार्यालय भण्डारा, चितवनको सहयोगमा उनीहरुको भरतपुर अस्पतालमा उपचार चलिरहेको छ । मितेरी फाउण्डेशन नेपालका कार्यसमिति सदस्य एवम् कान्देश्वरी आधारभूत विद्यालय राप्ती नगरपालिका १३, चितवनका प्रधानाध्यापक बालकृष्ण थपलिया, पीडित बालिकाका अभिभावकहरू र प्रहरीको टोलीले राति २ बजे दुवै बालिकालाई भरतपुर अस्पताल ल्याइपुर्याउन सफल भएको थियो ।

कुटपिटबाट टाउको फुटेको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका दुवै पीडितको उपचार सोही अस्पतालमा जारी छ । १६ वर्षीय बालिका बलात्कारबाट बिक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।

फाउण्डेशनले एक विज्ञप्ती जारी गर्दै पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनर्स्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानुनी सजाय गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

Share.

Leave A Reply