जलुके खानेपानी तथा उपभोक्ता समितिद्धारा गैडाकोट ४ तुलेडाडामा डिप बोरिङ निर्माणको शिलन्यास 

0

गैडाकोट


जलुके खानेपानी तथा उपभोक्ता समितिले रोटरी क्लब अफ मिट टाउनको आर्थीक सहयोगमा खानेपानीको गैडाकोट ४ तुलेडाडामा शुक्रबर डिप बोरिङ निर्माणको शिलन्यास गरिएको छ । रोटरी क्लब अफ मिट टाउनको १ करोड ८० लाख तथा उपभोक्ताहरुके आर्थीक सहयोगमा डिप बोरिङ निर्माण गरिने भएको छ ।


डिप बोरिङको शिलन्यासरोटरी क्लब डिष्ट्रिक ३२ ९२ नेपाल भुटानका गर्भनर संजय गिरिले शिलन्यास गर्नुभएको थियो ।
खानेपानीको पहुच र गुणस्तरियता बृद्धिका लागि डिप बोरिङ निर्माण कार्य अगाडी बढाईएको जलुके खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुनिल प्रसाद ढकाले बताउनुभयो ।

गैडाकोट नगरपालीकाका वडा नम्बर १, २ र ४ वडाका १४ सय भन्दा बढि उपभोक्ताले जलुके खानेपानी तथा उपभोक्ता समिति पानीकोे उपभोग गर्दे आएको व्यवस्थापक शालीकराम आचार्यले उल्लेख गर्नुभयो । साथै उहाले डिप बोरिङ निर्माणको समय १ बर्षभित्रमा निर्माण सक्ने लक्ष्य लिईएको भएपनि ६ महिनामा सक्ने बताउनुभयो ।


डिप बोरिङ निर्माण पछि थप उपभोक्तालाई सहज खनेपानीको पहुच पु¥याउन सकिने जलुके खानेपानी तथा उपभोक्ता समितिले बिश्वास लिएको छ । यो योजनाका डिजाईनर उपेन्द्र सिंह पन्तले गर्नुभएको हो । कार्यक्रममा योजनाको प्राबिधिक कुराको बारेमा जानकारी दिनुभएको हो ।


कार्यक्रममा रोटरियन नारायण बहादुर क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सो शिलन्यास कार्यक्रममा वडा नम्बर १ का बडाध्यक्ष हरिप्रसाद सापकोटा , वडा नम्बर २ का वडाध्यक्ष धुब्रराम पौडेल, गैडाकोट नगरपालीकाकाी प्रतिनिधि संगिता पण्डित, वडा नम्बर ४ का वडा सदस्य तेज प्रसाद घिमिरे, रोटरियन राजेन्द्रराज भण्डारी , रोटरी मिट टाउनका अध्यक्ष अनिल कुमार थपालिया, जय श्री सामुदायीक बनका अध्यक्ष महेन्द्रभक्त अधिकारी, मौलाकालिक वनका अध्यक्ष काशीनाथ कडेंल ,समाजसेवी लक्ष्मीप्रसाद पौडेल , उपभोक्ता लगायत अन्य व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply