जलस्रोत, उद्योग, कृषि र पर्यटनको विकासले नेपालको समृद्धि – गोपाल गिरी

0


गैँडाकोट, ९ मंसिर । नवलपरासी क्षेत्र नं. १ का राष्ट्रिय जनमोर्चाका उम्मेदवार गोपाल गिरीले गणतन्त्र, जनताका मौलिक अधिकार, धर्मनिरपेक्षता, राष्टियता आदिको रक्षा र संबर्धन गरेरनै राजनीतिक स्थिरता र देशको विकासको सम्भावना बलियो हुने बताउनुभएको छ । नवलपुर क्षेत्र नं. १ को चुनावी अभियानमा रहनुभएका गिरीले गठबन्धन गर्दैमा स्थायित्व र राजनीतिक स्थिरता आउने कुरा जनतालाई भ्रम छर्ने बाहेक केही नहुने बताउनुभएको छ । गिरीले गणतन्त्र, जनताका मौलिक अधिकार, धर्मनिरपेक्षता, राष्टियता आदिको रक्षा र संबर्धन गरेरनै राजनीतिक स्थिरता हुने र विकास गर्न सकिने राष्ट्रिय जनमोर्चाको ठम्याइ रहेको र सत्य पनि रहेको बताउनुभयो ।
नवलपुर प्रदेश क का उम्मेदवार चन्द्र सापकोटाले जलस्रोत, उद्योग, कृषि र पर्यटनको विकासले नेपालको समृद्धिको बाटो खुल्नेब बताउनुभएको छ । यस्तै समानुपातिक तर्फका उम्मेदवारहरु कुलप्रसाद पाण्डे, सरस्वती पौडेल र लक्ष्मी विकले नेपालको विकास, न्याय र समानताका लागि विकेन्द्रीयता र सन्तुलित विकास नीति, यातायातको विकास, भ्रष्टाचार नियन्त्रण आवश्यक हुने पक्षमा राष्ट्रिय जनमोर्चा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाले आज चुनावी घरदैलो कार्यक्रम अन्तर्गत गैँडाकोट १४, १५, १६ र १७ मा कार्यक्रम गरेको प्रदेश सभा क का उम्मेदवार चन्द्रदत्त सापकोटाले बताउनुभयो ।

Share.

Leave A Reply